कोरोना सङ्क्रमित दुईको उपचार हँुदै

शनिबार, ०३ जेठ २०७७, ११ : १५

यहाँ पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ । गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर दुईको उपचार भइरहेको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिए । 
      
कपिलवस्तु, कृष्णनगरका छुट्टाछुटै क्वारेन्टाइनबाट ल्याइएका उनीहरुलाई गढवा गाउँपालिकाले गत बुधबार एम्बुलेन्स पठाएर  जनता मावि गढवाको क्वारेन्टाइनमा लगेर राखेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए।  गढवा —४ का ३६ वर्षीय  भारतको गोरखपुरबाट र वडा नं ५ का २३ वर्षीय मुम्बईबाट आएका थिए ।  दुवै मजदूरी गर्न भारत गएका थिए । 
 

शनिबार, ०३ जेठ २०७७, ११ : १५

प्रतिक्रिया