कांग्रेस संसदीय दलको बैठक शनिबार बस्दै

शुक्रबार, ०२ जेठ २०८२, ०९ : ५६

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते शनिबार बस्ने भएको छ ।
      
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक शनिबार दिउँसो २ः०० बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।
      
बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए । 

शुक्रबार, ०२ जेठ २०८२, ०९ : ५६

प्रतिक्रिया