एसिया कप क्रिकेटः श्रीलङ्का १३७ रनले पराजित

५ बर्ष अगाडि

दुबई – बङ्गलादेशका अनुभवी खेलाडी मुस्फीकर रहिमको व्यक्तिगत एक ४४ रनको मद्दतले शनिबार दुबईमा खेलिएको एसिया कप क्रिकेटको पहिलो एक दिवसीय खेलमा श्रीलङ्का १३७ रनले पराजित भएको छ । 

पहिलो ओभरमै दुई विकेट गुमाएको स्थितिमा मैदानमा प्रवेश गरेका मुस्फीकरले १५० बलको सामना गरी १४४ रन बनाएका थिए । उनले ११ चौका प्रहार गरेका थिए । पहिले ब्याटिङ गरी बङ्गलादेशले कूल २६१ रन बनाएको थियो । 

एसिया कप पाँच पटक जितिसकेको श्रीङ्काले १७ ओभरमै ६० रन बनाउँदा आफ्ना महत्वपूर्ण पाँच खेलाडी गुमाइसकेको थियो । कूल १२४ रन मात्र बनाएको श्रीलङ्काको इनिङ ३५.२ ओभरमा समाप्त भएको थियो । 

यही वर्षको सुरुमा ढाकामा खेलिएको एक खेलमा बङ्गलादेशसँग श्रीलङ्का १६३ रनमै समेटिएको थियो । 

बङ्गलादेशका तर्फबाट मुस्तफीजुर रहमान, मेहिदी हसन र कप्तान मर्साफी मोर्ताजाले समान दुईदुई विकेट लिएका थिए । 

श्रीलङ्काका तर्फबाट लसिथ मालिङ्गाले २३ रन दिएर चार विकेट लिएका थिए । 

समूह ख मा श्रीलङ्का, बङ्गलादेश सहित अफगानिस्तान पनि रहेको छ । समूह क मा भने पाकिस्तान, हङकङ र भारत रहेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया