लिभरपुललाई पराजित गर्दै आर्सनल क्वाटरफाइलनमा

शुक्रबार, १६ असोज २०७७, ०७ : १७

प्रिमियर लिग क्लब आर्सनल कारबाओ कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा आर्सलनले लिभरपुललाई पेनाल्टी टुटआउटमा पराजित गर्दै क्वाटरफाइलनमा स्थान बनाउन सफल भएको थियो । 

आर्सनल प्रिमियर लिग फुटबलमा लिभरपुलसँग पराजित भएको थियो । एन्फिल्डमा भएको खेलमा निर्धारित भएको खेल दुबै टोलीले गोल रहित बारबरीमा सकाएका थिए । 

त्यसपछि पेनाल्टीमा ५–४ को जित निकाल्दै आर्सलनले शीर्ष आठमा आफूलाई स्थापित गर्न सफल भएको हो । बिहीबार नै भएको अर्को खेलमा ब्रेन्टिफोर्डले फुलहमलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

त्यस्तै अर्को खेलमा स्टोक सिटीले एस्टोन भिल्लालाई १–० गोल अन्तरले पराजित गरेको थियो । 

शुक्रबार, १६ असोज २०७७, ०७ : १७

प्रतिक्रिया