डा केसीको धड्कन असामान्य

३ बर्ष अगाडि

अनशनरत डा गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

६४ वर्ष पुगिसकेका डा केसीको यसअघि १५ औं अनशन २७ दिनसम्म चलेको थियो । ‘अहिले हरेक मिनेटमा एक–दुई पटक असामान्य धड्कन देखिएको छ,’ उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक
डा सुवासप्रसाद आचार्यले भने, ‘असामान्य धड्कन बढ्दै जाँदा मुटुको चालमा गडबड भएर सडन कार्डियाक एरेस्ट हुन सक्छ ।’कान्तिपुरमा खबर छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया