०८४ लाई क्रान्तिको नयाँ चरणको रुपमा लिएका छौं : प्रचण्ड

शनिबार, २१ असार २०८२, १५ : ४९

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले २०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा प्रवेश गराउनेमा विश्वस्त रहेको बताएका हुन् । 

महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको उनको भनाइ छ ।

उनले जनयुद्धताका भाषण, दर्शन, सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरुले बढी भूमिका खेलेको बताए। आगामी निर्वाचनको लडाइँमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने उनले बताए।
 

 
शनिबार, २१ असार २०८२, १५ : ४९

प्रतिक्रिया