एनआरएनएले कान्तोमा रनिङ कप गर्ने

असोज २३, २०७७ | आजको अर्थ
ajaako_artha

गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ ।

आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ । 

त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिए। खेललाई नेपाल फुटबल सङ्घ जापान र गैरआवासीय नेपाली सङ्घ जापान र मातृ सन्देश डट कमले मिडिया सहयोग गर्ने भएका छन् । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० हुन लागैकाले झण्डै ३० टिमहरूको सहभागिता हुुने विश्वास राखेको छ ।

उक्त प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीले यसअघि गत मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको जनाउँदै खेल दर्ता खुला भएको जनाए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८