बुधबार इन्डियन प्रिमियर लिग(आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । आज उक्त खेलमा दिल्ली क्यापिटल्सले १ सय ६० रन बनाइको छ ।
दिल्ली क्यापिटल्सले ७ विकेट गुमाउदै राजस्थान १ सय ६१ रनको लक्ष्य दिएको हो ।
आज पनि खेलमा सन्दीप लमिछाने दिल्लीको टोलीमा छैनन्।
दिल्लीका सन्दीपले यो सिजन खेल्न पाएका छैनन्। दिल्लीले कुनैपनि खेलमा उनलाई प्लेइङ सेटमा राखेको छैन।
अघिल्लो खेलमा साविक विजेता मुम्बई इन्डियन्ससँग पराजित भएपछि दिल्ली समान अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा झरेको थियो। सात खेलपछि दिल्लीको १० अंक छ।
यो समाचार तयार पर्ने समयसम्म राजस्थानले २ विकेट गुमाउदै ३ ओवरमा ४० रन बनाएको छ ।
प्रतिक्रिया