काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै कुल कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २ हजार १०८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार ८ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको छ भने ४ हजार २ सय २० जना क्वारेन्टिनमा छन्।
पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ६५ पुगेको छ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।