राष्ट्रिय टिमको क्याप्टेनलाई पनि झड्का दिने खेलाडीले जिताए मुम्बई इन्डियन्सलाई

३ बर्ष अगाडि

काठमाडौं । भारतीय क्रिकेटमा एक त्यस्ता अदुभूत खेलाडीको उदय भएको छ जसले भारतीय राष्ट्रिय टिमको क्याप्टेनको समुहलाई पनि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हराएका छन् ।

अबुधाबीमा भएको खेलमा मुम्बई इन्डियन्सका खेलाडी सूर्यकुमार यादवले भारतीय क्रिकेट टिमका क्याप्टेन बिराट कोहलीले नेतृत्व गरेको टिम रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराइदिएका छन् ।

गएरातिको खेलमा पहिलो विकेटको पतनपछि प्रवेश गरेका यादवले नटआउट ७९ रन बनाउँदै बैंगलोरलाई हराएर मात्र फकिएका थिए ।

उनी म्यान अफ द म्याच भए । इशान किसनले २५ र हार्दिक पान्ड्याले १७ रन बनाए ।

खेलमा मुम्बईसामु बैंगलोरले १६५ रनको लक्ष्य पेश गरेको थियो । सो लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो । यस जितसँगै मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको छ ।

१६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा मुम्बईका क्विन्टन डिकक र इशान किसनले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । डिकक १९ बलमा एक छक्काको मद्दतमा १८ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङमा आएका सूर्यकुमार यादवले मुम्बईलाई जिताएर मात्र फर्के ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । देवदूत पाडिक्कलले ४५ बलमा ७४ रन बनाए । जोश फिलिपले ३३ रन बटुले । विराट कोहली ९ रनमा आउट हुँदा एबिडिभिलियर्सले १५ रन जोडे । गुरकिरातमान सिंह १४ र वाशिङ्टन सुन्दर १० रनमा नटआउट रहे ।

बलिङतर्फ मोहम्मद सिराज र युजवेन्द्र चहलले २–२ तथा क्रिस मोरिसले १ विकेट लिए ।

बलिङतर्फ जसप्रित बुम्राहले ३ विकेट लिए । १६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा मुम्बईका क्विन्टन डिकक र इशान किसनले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । डिकक १९ बलमा एक छक्काको मद्दतमा १८ रन बनाएर आउट भए ।

३ बर्ष अगाडि

प्रतिक्रिया