आइपिएलमा कोलकाताद्वारा राजस्थान ६० रनले पराजित

सोमबार, १७ कार्तिक २०७७, ०८ : ०१

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले  राजस्थान रोयल्सलाई ६० रनले पराजित गरेको छ । 

दुबईमा भएको खेलमा कोलकाताले शानदार जित दर्ता गरेको हो । १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेटको क्षतिमा मात्रै १३१ रन बनाउन सक्यो । उसका लागि जोस बट्लरले ३५, राहुल तेवाटियाले ३१, श्रेयस गोपालले २३ तथा बेन स्टोकले १८ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोलकाताका प्याट कमिन्सले मात्रै ३४ रन खर्चेर चार विकेट लिए । यस्तै शिभम मावी र वरुण चर्कवर्तीले समान दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले कप्तान इयान मोर्गनको नटआउट ६८ रनको सहयोगमा सात विकेटको क्षतिमा १९१ रन बनाएको थियो । उसका लागि राहुल त्रिपाठीले ३९, शुबमन गिलले ३६, आन्द्रे रसेलले २५ तथा प्याट कमिन्सले १५ रनको योगदान दिए ।

जितपछि चौथो स्थानको कोलकाताको १४ खेलबाट १४ अंक भएको छ । एक खेल कम खेलेका दोस्रो र तेस्रो स्थानका रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सको पनि समान १४ अंक रहेको छ ।

सोमबार, १७ कार्तिक २०७७, ०८ : ०१

प्रतिक्रिया