आइसीसी टि–ट्वान्टी विश्वकप छनौट खेलमा नेपालको शानदार जित

बुधबार, १७ असोज २०७५, १७ : ०३


आइसीसी टि–ट्वान्टी विश्वकप छनौट खेलमा नेपालले म्यानमारलाई ३ ओभरमै पराजित गरेको छ। एसिया छनौट अन्तर्गत समूह बीको पहिलो खेलमा नेपाल शानदार जित हात पार्न सफल भएको हो।

टस जितेर पहिले व्याटिङ गरेको म्यानमारले जम्मा १० ओभर खेल्दा अल आउट हुँदै मात्र २९ रन बनाएको थियो। जवाफी व्याटिङमा नेपालले ३ ओभर खेल्दै २ विकेटको क्षतिमा म्यानमारले दिएको झिनो लक्ष्यलाई भेट्टाएको हो।

बुधबार, १७ असोज २०७५, १७ : ०३

प्रतिक्रिया