मैत्रीपूर्ण फुटबलमा नेपाल बङ्गलादेशसित पराजित

कात्तिक २८, २०७७ | आजको अर्थ
ajaako_artha

नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा बङ«गलादेशसित पराजित भएको छ । नेपाल बङ्गलादेशसँग २–० गोलले पराजित भएको हो ।  

बंगलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालाामा आज भएको खेलमा खेलको १०औँ मिनेटमा बङ्गलादेशका लागि मोहमद नवीन नेवाज जीवनले पहिलो गोल गरेका थिए । मध्यान्तरपछिको खेलमा खेलको ८०औँ मिनेटमा महबुबुर रहमानले बङ्गलादेशका लागि दोस्रो गोल गरेका थिए । 

नेपालले मध्यान्तरअघि र त्यसपछिको खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन । नेपालले पहिलो हाफको १७औँ मिनेटमा गोल गर्ने मौका पाएको थियो । नेपालका नययुग श्रेष्ठले गरेको प्रहार गोल पोष्टमा पस्न सकेन । खेलको २५औँ मिनेटमा नेपालका लागि रवि पासवान तथा खेलको २६औँ मिनेटमा अञ्जन विष्टले प्रयास गरे पनि गोल गर्न भने सकेनन । 

यस्तै खेलको ३९औँ मिनेटमा पनि विष्टले नै गोल गर्ने राम्रो मौका पाएका थिए । खेलको ५६औँ मिनेटमा नेपालका  पासवानले गर्ने अवसर पाए पनि त्यसको  सदुपयोग गर्न सकेनन । यसैगरी खेलको ७२औँ मिनेटमा नेपालका भरत खवासले गरेको प्रहार गोलमा परिणत हुन सकेन । नेपाल र बङ्गलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते हुनेछ । 

तीन खेलाडीको डेब्यु

बङ्गलादेशसितको आजको खेलमा नेपालका तीन खेलाडीले डेब्यु गरेका थिए । डेब्यु गर्ने खेलाडीमा विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ छन । विकासले खेलको प्रारम्भमै  डेब्यु गरेका थिए । यस्तै एरिक खेलको ४२औँ मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गरेका थिए । यसैगरी खेलको ६८औँ मिनेटमा दर्शन  पासवानका स्थानमा मैदानमा पसेका थिए । 
      
कोरोना भाइरसको महामारीका कारण नेपालले एक वर्षयता कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच  बङ्गलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि निम्तो दिएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसको तयारीका लागि बङ्गलादेशसित मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।      
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८