चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको एएपपी समाचार समितिले बुधबार जानकारी दिएको छ ।
गत वर्षको डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड संक्रमित भइसकेका छन् । कोरोना भाइरस सक्रमणको कारण विश्वमा सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिका हालसम्म २ लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकामा १ करोड २९ लाख ५८ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि भारत दोस्रो स्थानमा रहेको छ । भारतमा ९२ लाख भन्दा बढी कोरोना भाइरस संक्रिमित भएका छन् । एक लाख ३४ हजार ७७९ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।
ब्राजिलमा ६१ लाख २१ हजार ४४९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ७० हजार १७९ व्यक्ति कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १० लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन् ।
संयुक्त अधिराज्यमा ५५ हजार ८३८ जनाको मृत्यु भएको छ भने १५ लाख ३८ हजार ७९४ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।