बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उद्यम तथा कृषिका लागि विश्व बैंकको साढे ९ अर्ब ऋण

सोमबार, ०६ पुस २०७७, १६ : ३६

विश्व बैंकले नेपालको उद्यमशीलता र कृषिको विकासका लागि ८ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

बैंकले कोरोना भाइरसको महामारीपछि ग्रामीण उद्यम र आर्थिक विकास अन्तर्गत नेपाललाई करिब ९ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको हो । 

ऋणका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल, श्रीलंका र बंगलादेशका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसबीच वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

आयोजनाअन्तर्गतको रकम बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उद्यमी र बजारको सम्बन्ध स्थापित गर्ने गरी क्षमता विकासमा परिचालन गरिने जनाइएको छ।

सम्झौता पछि ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशिलताको प्रवद्र्धन गर्दै कोभिड महामारी पछिको आर्थिक पुनरउत्थानलाई अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

सोमबार, ०६ पुस २०७७, १६ : ३६

प्रतिक्रिया