लनटेनिस क्याम्प

सोमबार, ०६ पुस २०७७, २० : ४६

यहाँ पाँचदिने लनटेनिस क्याम्प शुरु भएको छ ।

जयकार मेमोरियलको आयोजना तथा जुनियर टेनिस इनिसियटभ (जेटिआई नेपाल) र रुपन्देही जिल्ला लन टेनिस सङ्घको संयुक्त सहकार्यमा क्याम्प सञ्चालन गरिएको हो । 

लनटेनिस क्याम्पको आज उद्घाटन गर्दै नेपाल टेनिस सङ्घको केन्द्रीय अध्यक्ष ज्योति राणाले काठमाडाँैं केन्द्रित लनटेनिस पछिल्लो समय राष्ट्रव्यापी हुनु सुखद् विषय भएको बताउँदै यसको विकास गर्न

बालबालिकालाई पनि टेनिस तालीम सञ्चालन गरिनाका साथै विभिन्न उमेर समूहका प्रतियोगिता गरिँदै आएको जानकारी दिनुभयो ।

जेटिआई नेपालका लागि संयोजक कृष्णराज घलेले जेटिआई अन्तरराष्ट्रिय खेलमा जाने एउटा महत्वपूर्ण खुड्किलो भएको र यसले अन्तरराष्ट्रिय खेलमा भाग लिने अवसर  मिल्ने बताउनुभयो । यही पुस १० गतेसम्म

देवीनगरस्थित लनटेनिस कोर्टमा जेटिआईका लागि संयोजक घले र सहसंयोजक जीतेन्द्र परियारले प्रशिक्षण दिनुहुनेछ । 

लनटेनिस सङ्घका जिल्ला अध्यक्ष सञ्जयप्रकाश श्रेष्ठले जुनियर खेलाडीलाई प्रोत्साहन प गर्न क्याम्प आयोजना गरिएको जानकारी दिनुभयो । बुटवलमा हाल २५  बालबालिकाले लनटेनिस खेल्दै आएका छन् । 
 

सोमबार, ०६ पुस २०७७, २० : ४६

प्रतिक्रिया