पेलेलाई पछि पार्दै मेसीको नयाँ कीर्तिमान

बुधबार, ०८ पुस २०७७, ०९ : ३२

काठमाडौं, लिओनल मेसीले बार्सिलोनाका लागि ६४४औं गोल गर्दै नयाँ कीर्तिमान  कायमम गरेका छन् ।

अघिल्लो खेलमा भ्यालेन्सियाविरुद्ध १ गोल गर्दै पेलेको कीर्तिमान बराबरी गरेका मेसीले गएराति बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ३(० ले पराजित गर्दा एक गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने ब्राजिलियन महान खेलाडी पेलेको कीर्तिमान तोडेका छन् । 

अर्जेन्टाइन फरवार्ड मेसीले ६५औ मिनेटमा पेड्रीको ब्याकहिल पासमा गोल गरेका थिए । त्यसअघि क्लेमेन्ट लेङलेटले २१औं र मार्टिन ब्रेथवेइटले ३५औं मिनेटमा गोल गरेका थिए । जितपछि १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना पाँचौ स्थानमा यथावत नै छ । शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा बार्सा अझै ८ अंकले पछि छ ।

ब्राजिलियन महान खेलाडी पेलेले सान्तोसका लागि १९ सिजन खेल्दै ६४३ गोल गरेका थिए ।

मेसीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । 

बुधबार, ०८ पुस २०७७, ०९ : ३२

प्रतिक्रिया