प्रधानमन्त्री कप महिला क्रिकेट शनिबारदेखि

बुधबार, ०८ पुस २०७७, २० : २७

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । 

दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन् ।  

राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । समूह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, प्रदेश नं २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ छन् । 

प्रतियोगिताका सबै खेल २० ओभर खेलाइने छन् । उद्घाटनको दिन दोस्रो खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुने क्यानले जनाएको छ । दुवै समूहको शीर्ष दुईदुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १९ गते खेलाइनेछ । 
 

बुधबार, ०८ पुस २०७७, २० : २७

प्रतिक्रिया