काठमाडौ, शेफिल्ड युनाइटेडलाई पराजित गर्दै एभरटन प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा पुगेको छ । एभरटनले शेफिल्ड युनाइटेडलाई १० ले पराजित गरेको हो ।
एभरटनलाई ३ अंक दिलाउन ८०औं मिनेटमा सिगुरसनले अबदाउले डेकेरोको पसामा निर्णायक गोल गरेका थिए ।
१५ खेलबाट २९ अंक जोड्दै एभरटन दोस्रो स्थानमा पुृगेको हो । समान खेलबाट २८ अंक रहेको लेस्टर सिटी तेस्रोमा झरेको छ । १५ खेलसम्म जितविहिन रहेको शेफिल्ड भने जम्मा २ अंकसहित अंकतालिकाको २०औं स्थानमा छ ।
यस्तै न्यूकासल युनाइटेडलाई २(० ले पराजित गर्दै म्यानचेष्टर सिटी पाँचौ स्थानमा पुगेको छ ।
घरेलु मैदानमा भएको खेलको १४औं मिनेटमा इकाए गुन्डागोनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा फेरान टोरेसले सिटीको दोस्रो गोल गरेका थिए । सिटीले १४ खेलबाट २६ अंक जोडेको छ । १४ खेलबाट १८ अंक रहेको न्यूकासल १२औं स्थानमा छ ।
प्रतिक्रिया