रिलिजअगावै सलमानको ‘राधे’ २ सय ३० करोडमा बिक्यो

बुधबार, १५ पुस २०७७, १४ : ०६

काठमाडौं, अभिनेता सलमान खानको चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’को हाल पोस्ट प्रोडक्सनको काम चलिरहेको छ ।

यही वर्षको इदमा रिलिज गर्ने भनिएको यो चलचित्र कोरोनाका कारण अब २०२१ को इदमा रिलिज हुने भएको छ ।

खबरका अनुसार जी स्टुडियोले यो चलचित्र २३० करोड भारुमा खरिद गरेको छ । जसमा स्याटेलाइट, थिएटर रिलिज, डिजिटल र म्युजिक राइट्स पनि समावेश छ ।

यस अर्थमा यो कोरोना महमारीको समयमा बलिउडको सबैभन्दा बढीमा डिल भएको चलचित्र बन्नेछ ।

प्रभुदेवाको निर्देशनमा बनेको यस चलचित्रमा सलमानका अलावा दिशा पटानी, रणदीप हुड्डा र जैकी श्राफको मुख्य भूमिका रहेको छ ।

बुधबार, १५ पुस २०७७, १४ : ०६

प्रतिक्रिया