बलिउड अभिनेत्री उर्मिला मातोडकर यतिबेला शिबसेना पार्टीमा आबद्ध भएसंगै अर्की अभिनेत्री कंगना रनौतले शिवसेनाको गतिविधिको विरोध गरिरहेको बेला उर्मिलाजसो पार्टीमा जोडिएकोमा त्यसको विरोध गरेकी छन् ।
मुम्बईमा गुन्डागर्दी गर्ने पार्टीको उपमा दिँदै उर्मिलाजस्तो कलाकार त्यस्तो पार्टीमा जोडिनु नहुने कंगनाको कथन छ ।
आफ्नो कार्यालयलाई शिवसेनाको निर्देशनमा भत्काइएको आरोप कंगनाले लगाएकी छन् । शिवसेना जनताको मायाभन्दा पनि गुन्डागर्दीमा चल्ने गरेको आरोप पनि कंगनाले लगाएकी छन् ।
कंगनाको यो कुराको अभिनेत्री उर्मिलाले खुलेर विरोध गरेकी छन् । आफू जुनसुकै पार्टीमा गए पनि कंगनाले टाउको दुखाउने नपर्ने उनको कथन रहेको छ । यदि कंगनाको टाउको फुटेको छ अथवा उनी टाउको फुटाउन चाहिन्छन् भने आफ्नो भन्नु केही छैन भनेर उनले ट्वीट गरेकी छन् । कंगना एक राम्रो कलाकार भएको र यस्ता अनावश्यक कुराको टिप्पणी गरेर समय नखर्चन पनि उनले चेतावनी दिएकी छन् ।
प्रतिक्रिया