काठमाडौं, बलिउडका बहु चर्चित स्ट्यान्डअप कमेडियन कपिल शर्माले एकमा एक वर्षमा १५ करोड भारू आयकर तिर्ने बताइएको छ ।
उनले आफूले तिर्ने करको बारेमा स्वयं आफ्नो कार्यक्रमबाट बताएका थिए।
कपिल एक राम्रो अभिनेता , उद्घोषक, कार्यक्रम सञ्चालक र गायक पनि हुन्।
उनी फोर्ब्स इन्डियाको शीर्ष सय सेलिब्रेटीको सूचीमा समेत अटाइसकेका छन्।
रियालटी शो हुँदै आफ्नो यात्रा सुरु गरेका कपिलले हाल मानिसहरूलाई 'द कपिल शर्मा शो' बाट मनोरञ्जन दिइरहेका छन्। त्यसअघि उनले 'कमेडी नाइट विद कपिल'बाट पनि दर्शकलाई उत्तिकै मनोरञ्जन दिएका थिए।
टेलिभिजन कार्यक्रम, स्टेज शो तथा विज्ञापन प्रायोजन आदिबाट उनले गर्ने कमाइ पनि राम्रै छ। उनको कमाइ राम्रो छ भन्ने कुरा उनले सरकारलाई वार्षिकरूपमा तिर्ने करबाट समेत पुष्टि हुन्छ।
प्रतिक्रिया