काठमाडौं- अभिनेत्री ऋचा शर्मा नायाँ चलचित्र निर्माणको घोषणा गरेकी छन् । अंग्रेजी नयाँ बर्षको अवसर पारेर उनले सामाजिक संजाल मार्फत चलचित्रको घोषणा गरेकी हुन् ।
उनले ‘कौसीद’ चलचित्र निर्माण गर्न लागेकी हुन् । केदार भुषाल निर्माता रहने यस चलचित्रलाई कुमार भाष्करले निर्देशन गर्नेछन् ।
चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहनेछ । लक्ष्मण बाँनिया सह–निर्माता, दीमेश श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्र बैंकबाट ऋण लिने मानिसको कथामा बन्न लागेको हो ।
फिल्म नयाँ जोश र उत्साहका साथ बनाउने उनले अभिनेत्री ऋचाले बताएकी छिन् ।
प्रतिक्रिया