काठमाडौं- चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को प्रदर्शन मिति तय गरिएको छ ।
यो चलचित्रलाई माघको १ गतेबाट रिलिज गर्ने तयारी निर्माणपक्ष रहेको छ । यदि, निर्माणपक्षले भनेको समयमा नै यो चलचित्र रिलिज गर्न सक्यो भने, लकडाउनपछि रिलिज हुने पहिलो नयाँ नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ हुनेछ ।
चलचित्रको पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रको पोष्टरमा नायक शिव श्रेष्ठ र नायिका प्रियंका कार्की एक अर्काको अंगालोमा बाँधिएको देख्न सकिन्छ ।
विके फिल्मस् र एफडी कम्पनीले यो चलचित्रको वितरण गर्नेछ । प्रेम र एक्सनको मिश्रणमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा लगायतका कलाकारले अभिनयग रेका छन् । चलचित्रबाट कविता मानन्धर, शक्ति श्रेष्ठ र संयम दर्शनधारीले चलचित्र क्षेत्रमा पाइला राख्दैछन् ।
प्रतिक्रिया