सुशान्तलाई सम्झिदै भावुक  बनिन् श्रद्धा

आइतबार, १९ पुस २०७७, १५ : ४५

काठमाडौं सिनेमाघरमा रिलीज भएको दिवंगत सुशांत सिंह राजपूतको अन्तिम फिल्म 'छिछोरे' हालै  ५१औं इन्टरनेशनल फिल्म फेस्टिवल अफ इण्डिया  मा  स्क्रीनिंगको लागि चुनिएको छ । फिल्मको यो सफलतामा सुशान्तकी को एक्ट्रेस रहेकी श्रद्धा कपूर भावुक बनिन् । 
 
बलीवुड हंगामाले लेखेको छ, 'श्रद्धा खुशी छन्, किनकी यो फिल्म उनको को एक्टरको मिठो याद हो, जुन फेस्टिवलमा हेर्न पाईने छ । अर्को तर्फ श्रद्धा भावुक बनेकी छन् किनकी यो खुशीमा शुसांत सहभागि हुँदैनन् । श्रद्धाले सँधै फिल्मको सेटमा सुशान्तसँग बिताएका पलहरु याद गर्ने गर्छिन्'।
 
नीतेश तिवारीको निर्देशनमा बनेको 'छिछोरे' ६ सेप्टेम्बर २०१९ मा सिनेमाघरमा रिलीज भएको थियो । फिल्ममा सुशान्त र श्रद्धाले पति पत्नीको भूमिका निभाएका थिए ।

आइतबार, १९ पुस २०७७, १५ : ४५

प्रतिक्रिया