महालक्ष्मी लाइफ इन्स्योरेन्सले माग्यो ५० कर्मचारी

सोमबार, २० पुस २०७७, १३ : ०२

काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरका शाखा कार्यालयका लागि इन्स्योरेन्सले ५० जना कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले सोमबार एक विज्ञापन जारी गर्दै ब्राञ्च म्यानेजर, मार्केटिङ एसिस्टेन्ट र एसिस्टेन्ट फ्रन्ट अफिसका लागि कर्मचारी माग गरेको छ । 

जसमा ब्राञ्च म्यानेजर पदका लागि १० जना, मार्केटिङ एसिस्टेन्ट पदका लागि २० जना कर्मचारी माग गरेको छ । त्यस्तै एसिस्टेन्ट फ्रन्ट अफिसका २० गरी जम्मा  ५० जना कर्मचारीको माग गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जनवरी १२ सम्ममा आवेदन दिइसक्नु पर्ने इन्स्योरेन्सले जनाएको छ ।

सोमबार, २० पुस २०७७, १३ : ०२

प्रतिक्रिया