काठमाडौं, अभिनेता पल शाह र टिकटक स्टार रेश्मा घिमिरे अभिनित ‘क्या मज्जा आको’ गीत रिलिज भएको छ ।
एजिएल इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो गीतमा राजनराज सिवाकोटीको संगीत, राजनराज र मेलिना राइको स्वर, राजनराजकै शब्द छ ।
यो गीतको भिडियोमा पल कृष्ण र रेश्मा सीताको भूमिकामा देखिएका छन् । भिडियोमा कलाकार निर्मल शर्माको पनि अभिनय छ । भिडियोमा एक नाटकमा रहेका कलाकारहरुको वर्कशपको कथालाई देखाइएको छ ।
प्रतिक्रिया