रोनाल्डोले तोडे पेलेको  कीर्तिमान

सोमबार, २० पुस २०७७, १७ : २९

काठमाडौं, युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलका ब्राजिलियन हस्ती पेलेको आधिकारिक गोलको कीर्तिमान तोडेका छन् ।

आइतवार भएको खेलमा सिरी ए मा उडिनेसविरुद्ध युभेन्टसले ४(१ को सानदार जित निकालेको खेलमा रोनाल्डोले २ गोल गर्दै पेलेको कीर्तिमानलाई तोडेका हुन् । पेलेले व्यवसायिक खेल जीवनमा ७ सय ५७ आधिकारिक गोल गरेका थिए ।

रोनाल्डोले राष्ट्रिय टोली र क्लबबाट खेल्दै ७ सय ५८ गोल गरेका छन् ।

रोनाल्डोले क्लबबाट ६ सय ५६ गोल गरेका छन् । जसमा रियल म्याड्रिडबाट ४ सय ५० गोल गरेका छन् । पोर्चुगलबाट १ सय २ गोल गरेका छन् ।

सोमबार, २० पुस २०७७, १७ : २९

प्रतिक्रिया