काठमाडौं, फिल्म 'छक्का पञ्जा ३’ ले युट्युबमा केही दिनयताबाट ट्रेन्ड्रिङ नम्बर एकमा रहन सफल भएको छ । ‘
हाइलाइटस् नेपालको युट्युब च्यानलबाट एकसाता अघि रिलिज भएको छक्का पञ्जा ३ ले दर्शकहरुको मन जित्दै केही दिनयताबाट ट्रेन्ड्रिङ नम्बर एकको स्थान ओगेटेको छ । फिल्म मन परेको भन्दै प्रतिक्रिया दिने दर्शकको कमेन्ट बक्समा ओइरो लागेको छ ।
दीपाश्री निरौलाले निर्देशन गरेकी ‘छक्का पञ्जा ३’ मा दीपकराज गिरी, दीपिका प्रसाईं, प्रियंका कार्की, केदार प्रसाद घिमिरे, जितु नेपाल, संजोक कोइराला, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मको स्किृप्ट दीपकराज गिरीले लेखेका हुन् भने सुमन गिरी, शिवहरि पौडेल, किरण केसी र ताराचन्द्र बजगाईंले निर्माण गरेका हुन् ।
‘दर्शकहरुको यती धेरै मायाका कारण छक्का पञ्जा ४ का लागि अझ धेरै उर्जा मिलेको दीपाश्री निरौलाले बताइएकी छन् । साथै उनले सम्पुर्ण दर्शकहरुलाई धेरै धेरै धन्यवाद दिएकी छिन् ।
अहिले ‘छक्का पञ्जा ३’ लाई युट्युबमा ८८ लाख ४६ हजार भन्दा बढीले हेरेका छन् ।
प्रतिक्रिया