कपिल शर्मा १९० देशका दर्शकलाई मनोरञ्जन दिन तयार

बुधबार, २२ पुस २०७७, १० : ४८

भारतका चर्चित कमेडियन कपिल शर्मा १९० देशका दर्शकलाई मनोरञ्जन दिन तयार भएका छन् ।

उनले नेटफ्लिक्सको शोमार्फत् दर्शकलाई मनोरञ्जन दिन आउन लागेका हुन् । यस कुराको जानकारी कपिलले सामाजिक सञ्जालमार्फत् दिएका छन् ।

उनले नेटफ्लिक्स डेब्युबारे जानकारी दिँदै गरेको छोटो रमाइलो भिडियो सेयर गरेका छन् । यसका साथै क्याप्सनमा उनले लेखेका छन्, “नेटफ्लिक्ससँगको मेरो पहिलो सहकार्यका लागि म निकै उत्साहित छु । २०२० विश्वमा सबैका लागि एउटा खराब यात्रा रह्यो । त्यसैले मेरो उद्देश्य भनेको मानिसहरुलाई त्यो सबै चिन्ता बिर्साएर नयाँ वर्षलाई हाँसो, माया र सकारात्मकतासँग स्वागत गराउनु हो ।”

नेटफ्लिक्सँग आबद्ध हुने चाहना पहिलेदेखि भए पनि उनीहरुको नम्बर नभएर सम्भव नभएको भन्दै उनले हास्यास्पद शैलीमा आफ्नो इच्छासमेट व्यक्त गरेका छन् ।

साथै, उनी अगाडि थप्छन्, “यो मेरो मुटुको नजिकको प्रोजेक्ट हो र म यसबारे मेरा प्रशंसकबीच थप जानकारी दिन म उत्सुक छु ।”
 

बुधबार, २२ पुस २०७७, १० : ४८

प्रतिक्रिया