एएफसी उन्नाइस वर्षमुनि ९यू–१९० छनोट प्रतियोगिताको लागि नेपाली महिला फुटबल टोली थाइल्याण्ड जाने भएको छ ।
आगामी कात्तिक ७ देखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् ।
नेपालले आफ्नो पहिलो खेलमा कात्तिक ७ गते आयोजक थाइल्याण्डसँग खेल्दै छनोट प्रतियोगताको उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल कात्तिक ९ गते भारतसँग खेल्नेछ भने समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ ।
पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रोचरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते थाइल्याण्ड जानेछ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।