काठमाडौं । बलिउड ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले अभिनेता अर्जुन रामपालकी बहिनी कोमललाई सोधपुछ गर्न भन्दै नोटिस पठाएको छ ।
एनसीबीले यसअघि अभिनेता अर्जुन रामपालसँग दुई पटक र उनकी प्रेमीका ग्याब्रिएला डेमोट्रियड्ससँग दुई पटक सोधपुछ गरिसकेको छ । केहि दिन पहिला मात्रै ग्याब्रिएलाका भाइगिसियालोसलाई पक्राउ गरेको थियो । तर उनी जमानतमा रिहा भएका थिए ।
एनसीबीले रामपालको घरमा ९ नोभेम्बरमा छापा मारेको थियो ।
उनकी बहिनी कोमललाई बिहान ११ बजे मुम्बईस्थित एनसीबी अफिसमा उपस्थित हुन आदेश दिएको हो ।
प्रतिक्रिया