धुम ४ मा जोन र  ऋतिक रोशन एकसाथ

बुधबार, २२ पुस २०७७, १४ : ५३

काठमाडौं । फिल्म धूम ४ लाई लिएर धेरै समयदेखि चर्चा चलिरहेको छ । यसलाई लिएर दर्शकहरु धेरै  एक्साइटेड रहेका छन् ।

फिल्मको पहिलो फ्रेन्चाइजीमा जोन अब्राहम, दोश्रोमा ऋतिक रोशन, तेश्रोमा आमीर खानले जबर्दस्त एक्शन रहेको थियो ।

यसैबीच भारतीय सञ्चारमाध्यमका अनुसार धूम ४ मा जोन अब्राहम र ऋतिक रोशन एकसाथ देखिनेछन् ।

अभिनेत्री दीपिका पादुकोण लेडी भिलेनमा देखिने भनिए पनि अब यो फिल्ममा नदेखिइने बताइएको छ ।

बुधबार, २२ पुस २०७७, १४ : ५३

प्रतिक्रिया