काठमाडौं- कप्तान लिओनल मेस्सीले दुई गोल गर्दै स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै बार्सिलोना तेस्रो स्थानमा पुगेको छ ।
बार्सिलोनाले ३ गोल गर्दै विल्वाथोमाथि ३(२ को पुनरागमन जित हात पारेको हो ।
खेल सुरु भएको तेस्रो मिनेटमा इनाकी विलियम्सले गोल गर्दै विल्वाओलाई अग्रता दिलाएका थिए भने १४औं मिनेटमा पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
यस्तै घरेलु मैदानमा ३८औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २(१ को अग्रता बनायो । ६२औं मिनेटमा मेस्सीले दोस्रो गोल गर्दै बार्सिलोनाले ३(१ को अग्रता बनाएको हो ।
९०औं मिनेटमा इकर मुनिएनले विल्वाओका लागि दोस्रो गोल गरेका थिए । जितपछि १७ खेलबाट ३१ अंक जोड्दै बार्सिलोना तेस्रो स्थानमा उक्लेको छ भने समान खेलबाट ३६ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।
प्रतिक्रिया