साम्राज्ञीले हटाइन् देवांशसँगका तस्विरहरु, के टुटेको हो त उनीहरुको प्रेमसम्बन्ध ?

विहीबार, २३ पुस २०७७, १२ : ५५

काठमाडौं, पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा  अभिनेत्री साम्राज्ञी आरएल शाहको देवांश राणासँगको ब्रेकअपको खबरले फिल्म क्षेत्र तातेको छ ।
 
मयंक खड्कासँगको प्रेम टुंग्याएर २ वर्ष अगाडि साम्राज्ञी देवांशको प्रेममा डुबेकी थिइन् । उनी फिल्मको घोषणा कार्यक्रममा समेत प्रेमीको हात समातेर पुग्ने गरेकी थिइन् । फिल्म ‘मारुनी’ को घोषणा सभामा उनीहरुले मिडियासँग गरेको लुकामारीको अझै पनि चर्चा हुने गरेको छ । साम्राज्ञीले आमा नेहा आरएल शाहले गाएको गीतको भिडियोमा समेत देवांशसँग अभिनय गरेकी छन् । 
 
अहिले भने उनीहरु एकअर्काबाट अलग भएको खबर आएको छ । साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा देवांशसँगका तस्विरहरु हटाएपछि उनीहरुको प्रेम सम्बन्ध टुंगिएको हल्ला चलेको हो । विशेषगरि साम्राज्ञीको इन्स्टा स्टोरीमा देवांश दिनहुँ जसो झुल्किरहेका हुन्थे । तर, गएको दुई महिनायता साम्राज्ञीको सामाजिक सञ्जालमा देवांशको उपस्थिति शुन्य छैन । न त पोस्ट भएका तस्विर नै छन् ।
 
देवांशको सामाजिक सञ्जाल हेर्ने हो भने पनि उनीहरुको प्रेम सम्बन्ध सकिएको हल्लालाई पुष्टि गर्छ । उनले साम्राज्ञीसँगका तस्विरहरु इन्स्टाग्राम र फेसबुकबाट हटाइसकेका छन् । अहिले उनी ब्रेकअपको पीडा भुलाउन जन्मथलो नेपालगञ्ज पुगेका छन् । त्यहाँ उनको परिवारले ठूलो लगानीमा स्नेहा होटल सञ्चालन गरेको छ । यो होटलमा साम्राज्ञी पनि कयैन् पटक पुगिसकेकी छन् । 
 
देवांश र साम्राज्ञी विवाहको तयारीमा रहेको खबर समेत बाहिरिएको थियो । दुवैको परिवारले विवाहको अनुमति दिएका कारण उनीहरु २ वर्षभित्र विवाह बन्धनमा बाँधिने सोचमा थिए । तर, यो जोडीको प्रेम सम्बन्ध विवाहमा परिणत हुन नपाउँदै टुंगिएको खबर छ । २ वर्षअघि बालीमा खिचेको तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरुको प्रेम चर्चा चलेको थियो । 

विहीबार, २३ पुस २०७७, १२ : ५५

प्रतिक्रिया