जातीय विषयमा फिल्म बनाइएको भन्दै फिल्म 'म्याडम चीफ मिनिस्टर' विवादमा

शुक्रबार, २४ पुस २०७७, १५ : ३९

काठमाडौं - बलिउड अभिनेत्री ऋचा चड्ढाको नयाँ फिल्म 'म्याडम चीफ मिनिस्टर' को ट्रेलर दुई दिन अघि सार्वजनिक गरिएको थियो । 

ट्रेलर सार्वजनिक हुनुभन्दा एक दिनअघि ऋचाले त्यसको पोस्टर शेयर गरेकी थिइन् । पोस्टर र ट्रेलरका कतिपय दृश्यका कारण अहिले फिल्ममा विवाद उत्पन्न भएको छ । 
 
जातीय विषयमा फिल्म बनाइएको भनी विवाद उठेको हो । 

जातिवाद फैलाएको र दलितहरूको गलत छवि प्रस्तुत गरिएको भन्दै विवाद उठेका हुन् । 

उत्तर प्रदेशकी पूर्व मुख्यमन्त्री तथा बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीको जीवनमा फिल्म आधारित रहेको बताइएको छ । मायावतीले विज्ञान र कानून पढेको तर फिल्ममा ऋचाले हातमा कुचो लिएर उनको छवि बिगार्ने कोशिश गरेको बताएको हो । 

फिल्मको शुरूमा डिसक्लेमर दिएर कथा र पात्र काल्पनिक भएको बताए पनि मानिसहरू मान्न तयार छैनन् । 
 
फिलमको कथा दलित महिला नेताको बारेमा छ । आफ्नै तरिकाले गठबन्धन बनाएर राज्यमा मुख्यमन्त्री बनेको कथा यसमा छ । अनि फिल्म उत्तर प्रदेशमा शूटिङ गरिएकाले पनि मायावतीको जीवनबाट प्रेरित हो कि भनी आशंका व्यक्त गरिएको छ । 

मन्दिरमा कथित उच्च जातिका मानिसलाई मात्र प्रवेश दिइएको विषयमा पनि प्रश्न उठाइएको छ । यसले गर्दा पनि विवाद उठाइएको हो ।

शुक्रबार, २४ पुस २०७७, १५ : ३९

प्रतिक्रिया