२ सय ५९ वटा स्थानीयतहमा अस्पताल बनाँउदै सरकार

शुक्रबार, २४ पुस २०७७, १५ : ४२

सरकारले अर्कोवर्ष २ सय ५९ वटा स्थानीयतहमा अस्पताल बनाउने भएको छ  ।  

हरेक स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल स्थापना तथा स्तरोन्नती गर्ने सरकारी नीति अनुसार आगामी आर्थिक वर्षमा २५९ वटा अस्पताल स्थापना गर्ने भएको हो । 

स्वास्थ्य मन्त्रालयले  अस्पताल निर्माणका लागि २५९ स्थानीय तहलाई जग्गा व्यवस्थापन र स्तरोन्नती हुने स्वास्थ्य संस्थाको सिफारिस गरेर पठाउन भनेको छ । 

मन्त्रालयले ती स्थानीय तहलाई पत्र पठाउदै  २०७७ फागुन मसान्त सम्म सम्बन्धीत कार्यपालीका संग समन्वय गरी समीतीको सिफारिश र अस्पताल निर्माणका लागी तोकीएको मापदण्ड सहितको जग्गा व्यवस्थापन गरी पठाउन भनेको छ । 

स्तोरन्नती हुने स्वास्थ्य संस्थाको डीपीआर यहि बर्ष र निर्माणको काम आगामी आ।बमा हुने छ ।
डीपीआरको लागी यही बर्ष बजेट बिनियोजन भएको छ भने भबन निर्माण गर्न अर्को बर्ष बजेट पठाउने भएको छ।

सातै वटा प्रदेशमा बन्ने  २ सय ५९ वटा भवन मध्ये प्रदेश १ मा ३ सय ३५ शैया प्रदेश २ मा १३ सय ३५ शैेया बागमती प्रदेशमा ६ सय २० शैया, गण्डकी प्रदेशमा २ सय ४० शैया, लुम्बिनी प्रदेशमा ५ सय ९० शैया , कर्णाली प्रदेशमा १ सय ८५ शैया र शुदुर पश्चिममा २ सय ५५ शैया गरी जम्मा ३३ सय ४५ वेड बन्ने छन् ।

 

शुक्रबार, २४ पुस २०७७, १५ : ४२

प्रतिक्रिया