को हुन त २०२० को विश्वकै महङ्गा अभिनेत्री ?

शनिबार, २५ पुस २०७७, ११ : ०६

एजेन्सी- सन २०२० मा विश्वकै सबैभन्दा महङ्गा अर्थात धेरै कमाई गर्ने अभिनेत्री सोफिया मार्गरिटा भेरगारा हुन् । फोब्र्स पत्रिकाले प्रकाशित गरेको २०२० को महङ्गा अभिनेत्रीहरुको सूचीको पहिलो नम्बरमा सोफिया परेकी थिइन् । 

उनी कोलम्बियाली मूलकी अमेरिकी अभिनेत्री हुन् । साथै हलिउडकी विश्व प्रसिद्ध अभिनेत्री पनि हुन । सोफियाको कार्यक्षेत्र यतिमा मात्रै सीमित छैन । उनी टेलिभिजन कार्यक्रम निर्माता, प्रस्तोता, हास्य कलाकार र मोडल पनि हुन ।

फोब्र्स पत्रिकाको सन् २०२० को एक वर्षभरिको सर्वेक्षणमा सोफियाले ४३ मिलियन अमेरिकी डलर कमाएकी थिइन् । सोफियालाई अमेरिका गट ट्यालेन्ट र अमेरिकन ब्रोडकास्टिङ कम्पनी ९एबिसी० टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम मोडर्न फेमिली जस्ता कार्यक्रमले सफलताको शिखरमा ल्याइपुर्याएको हो ।

सोफियाले मोडर्न फेमिली कार्यक्रमका लागि प्रति एपिसोड ५ लाख अमेरिकी डलर पारिश्रमिक लिएकी थिइन ।

शनिबार, २५ पुस २०७७, ११ : ०६

प्रतिक्रिया