नेशनल स्टक एक्सचेन्जले मौनी रोयको ग्ल्यामरस फोटो सेयर गरेपछी..

आइतबार, २६ पुस २०७७, १६ : ५१

नेशनल स्टक एक्सचेन्जले आफ्नो आधिकारिक सोसल मिडिया ह्यान्डलबाट अभिनेत्री मौनी रोयका  ग्ल्यामरस फोटो सेयर गरेपछी एकाएक मौनी  भाइरल भईन् । लगत्तै नेशनल स्टक एक्सचेन्जले उक्त पोस्ट हटाए पछी अझ चर्चा थपीयो।

नेशनल स्टक एक्सचेन्जले मौनीका दुई बटा ग्ल्यामरस फोटो सेयर गरेको थीयो । 

पोस्ट डिलिट गरेपछि नेशनल स्टक एक्सचेन्जले आफ्नो गल्तीका लागि  माफी माग्दै लेखेको छ , ‘आज १२ः२५ बजे एनएसईको ह्यान्डलबाट नचाहिँदो पोस्ट गरिएको थियो । यो एक मानवीय भूल थियो जुन एनएसईको अकाउन्टलाई ह्यान्डल गर्ने एजेन्सीले गरेको थियो । कुनै ह्याकिङ भएको होइन । असुविधाका लागि हामी आफ्ना फलोअर्ससँग माफी माग्छौं ।’


 

आइतबार, २६ पुस २०७७, १६ : ५१

प्रतिक्रिया