हाजिर नगरे पछि वीर अस्पतालका सयभन्दा बढी कर्मचारीले तलब नपाउने

मंगलबार, २८ पुस २०७७, १५ : १७

वीर अस्पतालले सयभन्दा बढी कर्मचारीको तलब रोक्का गरेको छ।  नियमित रुपमा हाजिर नगर्ने अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको तलब रोक्का गरेको हो।

अस्पतालमा इलेक्ट्रोनिक हाजिर गर्ने सिस्टम भएपनि २ सय भन्दा बढी कर्मचारीले नियमित हाजिर नगरेको र  हाजिर नगर्दा अस्पतालको सिस्टम विग्रिएको भन्दै उनीहरुको तलब रोक्का गरिएको हो ।

काम गरेर हाजिर नगरेका कर्मचारीलाई उनीहरुसँग स्पष्टिकरण सोधेर तलब दिइने तर  ड्युटी नगरेका र हाजिर नभएका कर्मचारीको तलब फिर्ता नहुने अस्पतालले बताएको छ ।

मंगलबार, २८ पुस २०७७, १५ : १७

प्रतिक्रिया