काठमाडौं- गायन रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच परिर्वतन भएको छ । गायिका आस्था राउतले यो वर्ष नभ्याएपछि उनको स्थानमा गायिका तिर्सना गुरुङलाई अनुवन्धित गरिएको हो ।
‘दि भ्वाइस अफ नेपाल’को तेश्रो संकरणमा कोचको रुपमा आफू जोडिन पाउँदा निकै उत्साहित रहेको तिर्सनाले बताइन् । अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारणमा आउनेछ ।
शोमा कोचको रुपमा गायक दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । यसअघि टिम दिप र टिम प्रमोदका प्रतिस्पर्धीले यो शोको टाइटल जितिसकेका छन् ।
‘दि भ्वाइस अफ नेपाल’को नयाँ सो गत बर्षको भन्दा झनै उत्कृष्ट बनाउने निर्माण युनिटले जनाएको छ ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।