विजयको ‘मास्टर’ले गर्यो प्रर्दशनको पहिलो दिनमै आक्रमक व्यापार

३ बर्ष अगाडि

साउथ ईन्डियन स्टारर थलापति विजयको एक्सन थ्रीलर फिल्म ‘मास्टरले’ले प्रर्दशनको पहिलो दिनमै  बक्स अफिसमा आक्रमक व्यापार गरेको छ । 
 फिल्मले पहिलो दिनमै वर्ल्डवाइड  ४० करोड रुपैयाँ भन्दा बढी कलेक्सन गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । 

कोरोना माहामारीको चपेटामा परेका बेला पूरै भारतमा बम्पर ओपनिङ गर्ने यो पहिलो फिल्म हो । लोकेश कनागराजको निर्देशनमा बनेको फिल्ममा थालापती विजय र विजय सेतुपतिको मुख्य अभिनय रहेको छ । फिल्म बुधवार तमिल, तेलुगु र कन्नडमा रिलिज भएको थियो भने हिन्दी भर्जन विहीवार सिनेमाघरमा प्रदर्शनमा आएको छ।

फिल्मले तमिलनाडुमा मात्रै २३ करोड रुपैयाँभन्दा बढी कमाएको छ भने केरल र कर्नाटकमा ३/३ करोड रुपैयाँ भन्दा बढीको कारोवार गरेको छ।

तेलंगाना र आन्ध्र प्रदेश क्षेत्रमा मास्टर को कमाई ४.५ करोड भन्दा बढी रहेको छ भने  देशका अन्य भागमा लगभग १.५ करोड रुपैयाँ भन्दा बढीको कारोवार भएको बताइएको छ। ओवरसीज मार्केटबाट फिल्मले ४ करोड रुपैयाँ बढी कलेक्सन गरेको छ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया