चर्चीत भारतीय टेलिभिजन शो ‘कैंन बनेगा करोडपती’का संचालक अमिताभ बच्चानले शो छाड्ने भएका छन् । कौन बनेगा करोडपतिको १२ औं सिजन चलिरहेको बेला बुधबार यसको सुटिङको अन्तिम दिन थियो । यसैबिच अमिताभले एक बल्ग लेख्दै शो बाट बिदा लीएको जानकारी गराएका छन् ।
उनी लेख्छन् ;– ‘... म थाकिसकेको छु र रिटायर भइरहेको छु।।। म माफी चाहन्छु...केबीसीको सुटिङको यो अन्तिम दिन निकै लामो थियो...भोलिसम्म ठिक हुनेछु... । तर यो याद राख्नुहोस् कि काम त काम नै हुन्छ । कुनै एक व्यक्ति हटेपछि पनि त्यसलाई पूरा गम्भीरताकाम साथ निरन्तरता दिनुपर्छ ।’
‘तपाईंहरु सबैको स्नेह र प्रेमले सुटिङको अन्तिम दिन एक विदाईजस्तै बन्यो । त्यहाँ सबै एकसाथ जम्मा हुन्छन् । पूरा टिम असाध्यै प्यारा, केयरिङ र मिहिनेती थियो । यी सबैले हामीलाई सेटबाट टाढा बस्न मुश्किल गरिदिन्छ । अन्त्यमा पूरा समूह एक साथ बिताइएको महिनौंको समय र एक–एक कोसिकालाई याद गर्न जुटेको थियो ।’
उनले अन्त्यमा लेखे, ‘पूरा टिमलाई यति प्रेम, केयर र राम्रो व्यवहारका लागि मेरो तर्फबाट मुरीमुरी धन्यवाद । यो समाप्त हुँदैछ र सबैजना भावुक पनि भइरहेका छन् तर अर्को बिहानी आउँदैछ ।’
प्रतिक्रिया