'हाम्रो निधि : हाम्रो संस्कृति' शीर्षकमा साङ्गीतिक कार्यक्रम सम्पन्न

३ बर्ष अगाडि

काठमाडौं- नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र साँस्कृतिक संस्थानको संयुक्त रुपमा 'हाम्रो निधि : हाम्रो संस्कृति' शीर्षकमा साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।  २९९ औं पृथ्वी जयन्ती को अवसर पारेर संस्थानको मिनी हलमा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमको सभापतित्व प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले गरेका थिए  । भने अतिथिको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख उपस्थित भएका थिए । 

कार्यक्रममा कलाकारहरुले लाइभ बाजाका साथमा नेवारी धुन तथा लिम्बू, भोजपुरी, तामाङ, गुरुङ, मगर र नेपाली भाषाका गीत गाएका थिए । उत्त साङ्गीतिक कार्यक्रममा गायक गायिकालाई  भरत बुढाथोकी, खड्ग बुढा मगर, देव राई, नरेश प्रजापती, लोकराज राई, कृष्ण गुरुङ, दुर्गा प्रसाद खतिवडा, नरेन्द्र चौधरी र सुधिर चौधरीले वाद्यवादनमा साथ दिएका थिए । 

कार्यक्रमको पहिलो साँस्कृतिक प्रस्तुति नरेश प्रजापती, सुजन गोपाली, दिनेश महर्जन, प्रवेश महर्जन, रोशन महर्जन, नितिक डंगोल, अनिल महर्जन र मनिक महर्जन लगायत फोकमाण्डु सोसाईटीका कलाकारहरु  नेवारी धुन प्रस्तुत गरेका थिए । साथै दोस्रो प्रस्तुतिको रुपमा गायक सुमन लिम्बू, दिवस पयाङ्गु, गायिका दिपा सुहाङ र निरन्ता लिम्बूले गित गाएका थिए । 

यसैगरी भोजपुरी भाषा को गीतमा वन्दना मैनाली, तामाङ भाषाको गीतमा छेवाङ तेन्जिङ लामा, सीता घ्लान लामा लागायतका अलकारहरुले आफ्ना प्रस्तुतिहरु राखेका थिए । साथै कार्यक्रमको अन्तिम प्रस्तुति गायक सञ्जय तुम्रोक र गायिका दुर्गा परियारले आफ्नो प्रतिभा राखेका थिए ।

कार्यक्रम सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख अशोक कुमार राईको संयोजनमा सम्पन्न भएको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया