यस बर्षको 'आदर्श सम्मान' गायक प्रकाश सपुतलाई

शुक्रबार, ०२ माघ २०७७, १० : ३८

काठमाडौं- चर्चित गायक प्रकाश सपुतलाई यस वर्षको आदर्श विशेष सम्मान प्रदान गरिएको छ। बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरेको हो ।

सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान बिहिबार प्रदान गरिएको छ । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान प्रदान गरिएको छ । 

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतले लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीले जनाएको छ ।

गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन् । उनी चलचित्रमा समेत डेब्यु गरेका छन् । 

शुक्रबार, ०२ माघ २०७७, १० : ३८

प्रतिक्रिया