विवादमा तानीयो ‘केजीएफ च्याप्टर–२’को टीजर, यशलाई आयो नोटिस

३ बर्ष अगाडि

साउथ स्टार ‘यश’को बहुप्रतिक्षित फिल्म ‘केजीएफ च्याप्टर–२’ निर्माण देखीनै चर्चामा रहेको थियो । गत ७ जनवरीमा रिलिज भएको  टीजरले त चर्चा मात्र नभई रेकर्ड नै तोड्यो । केजीएफ च्याप्टर–२’ टीजरले यूटुममा सबै भन्दा छोटो समयमा १० लाख लाइक  कमाउन सफल बनेको थियो ।      

तर चर्चा परीचर्चा कमाए सँगै ‘केजीएफ च्याप्टर–२को टीजर विवादमा तानीएको छ । खासमा टीजरको अन्तिममा अभिनेता यशले मेसिनगनको नालमा चुरोट जलाएको शिन विवादमा आएको हो ।

चलचित्रमा धुम्रपान तथा मद्यपानको सिन देखाइएको ठाउँमा धुम्रपान तथा मद्यपान स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने सन्देश नलेखेको भन्दै कर्नाटक राज्यको धुम्रपान तथा मध्यपान सम्बन्धित निकाय एन्टी टोबेको सेलले अभिनेता यश, निर्देशक प्रशान्त नील तथा निर्माता विजय किरगन्दूरलाई नोटिस पठाएको छ।  

तर नोटिसका विषयमा चलचित्र टिम बाट कुनै जवाफ आएको छैन। 

३ बर्ष अगाडि

प्रतिक्रिया