विद्या बालनको  ‘नटखट’ ओस्करका लागी छनोट

शनिबार, ०३ माघ २०७७, १२ : ३०

बलिउडक अभिनेत्री विद्या बालनको  ‘नटखट’ ओस्कर अर्वाडमा छनोट  भएको छ।  सन् २०२० मा भारतको लघु फिल्म महोत्सव जित्न सफल नटखट ओस्कर अर्वाडमा छनोट  भएको हो ।

इन्सट्रग्राममा एक पोष्ट शेयर गर्दै बिद्याले ‘नटखट’ ओस्कर २०२१ लागि छनोट भएको खुलासा गरेकी छिन् । उनले लेखेकी छिन् Þ“हाम्रो फिल्मलाई ओस्करको लागि छानिनु आफ्ना लागि खुशीको कुरा हो।”

बालनले फिल्ममा एक गृहिणीको भूमिका निभाएकी छिन्।  ३३ मिनेट लामो फिल्म शान व्यासको निर्देशनमा बनेको हो। फिल्म रोनी स्क्रूवाला र विद्या बालन द्वारा निर्माण गरिएको हो।

शनिबार, ०३ माघ २०७७, १२ : ३०

प्रतिक्रिया