काठमाडौं । चिकित्सक लाइसेन्स दर्ता परीक्षा सञ्चालन हुने भएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सक लाइसेन्स दर्ता परीक्षा सञ्चालन गराउने भएको हो । फागुनमा हुने परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवेदन फाराम खुला गरेको हो ।
५९ औं लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते परीक्षा सञ्चालन गर्ने काउन्सिलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
परीक्षामा सहभागी हुनका लागि आवेदकले काउन्सिलको वेबसाइटमा दिइएको निर्देशन अनुसार अनलाइन आवेदन फारम भर्न सकिने जारी सूचनामा उल्लेख छ ।
माघ ५ देखि २४ गतेसम्म नियमित र माघ २५, २६ गते शुल्कसहित फारम बुझाउन पर्ने काउन्सिलले जनाएको छ । परीक्षा सञ्चालन काठमाडौंकै केन्द्रमा हुने छ ।
प्रतिक्रिया