ऋषभ पन्तले तोडे महेन्द्र सिंह धोनीको रेकर्ड !

मंगलबार, ०६ माघ २०७७, १२ : १६

भारतका विकेटकिपर ऋषभ पन्तले पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका छन् ।सबैभन्दा कम टेस्ट पारीमा एक हजार रन बनाउने भारतीय विकेट किपर बन्दै ऋषभले धोनीको  रेकर्ड तोडेका हुन् ।

अष्ट्रेलिया र भारतबीचको ४ टेस्ट सीरीज (ब्रिस्बेन टेस्ट)को अन्तिम म्याचमा आज अष्ट्रेलियाले भारतलाई ३२८ रनको टार्गेट दिएको छ।

यसको जवाफमा भारतीय टीमले ५ औँ दिन टी टाइमसम्म ३ विकेट गुमाएर १८३ रन बनाएको छ ।अहिले भारतका लागि चेतेश्वर पुजारा र ऋषभ पन्त क्रिजमा रहेका छन् । 

यसै क्रममा पन्तले २७ पारीमा यो उपलब्धि हासिल गरेका छन् । धोनीले ३२ पारीमा यो यपलब्धि हाँसिल गरेका थिए ।

मंगलबार, ०६ माघ २०७७, १२ : १६

प्रतिक्रिया