काठमाडौँ । बहरानईनको एक कम्पनीले ५८ जना नेपाली कामदार माग गरेको छ । बहराईन स्थित सेक्यूर मि वेल सिटी कम्पनीले सेक्यूरिटी गार्ड पदका लागी ५८ जना कामदारको माग गरेको हो । कम्पनीले सेक्यूरिटी गार्डका लागी ५३ जना पुरुष र ५ जना महिला कामदारको माग गरेको छ । उक्त पदका कामदारलाई मासिक ३७ हजार १ सय २० रुपैयाँ तलव दिने बताएको छ।
साथै कम्पनीको नियमअनुुसार ओभर टाइम , हप्तामा एक दिन बिदा, कम्पनीको नियमअनुुसार बार्षीक बिदा जस्ता सुविधा रहेको छ । कामको करार अबधि २ बर्षको रहने छ भने कामदारलाई खान बस्नको सुविधा सँगै ८ घण्टा काम गर्नपर्ने छ ।
जान चाहाने इच्छुकले आई.एम.इस. म्यानपावर प्रा.लिको कार्यालय सिनामंगलमा सम्पर्क गर्न सक्नुहुनेछ । अन्तरवार्ता माघ १३ गते कार्यालयमा हुनेछ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया